८ माघ, धादिङ – सुनिता गुरुङको ‘रमाइलो पोखरा’ लोकदोहोरी एल्बमको बिमोचन गरिएको छ । कार्यक्रममा नायक रमेश उप्रेती, नायिका गौरी मल्ल, निर्देशक निर्मल शर्मा, निर्माता केशव भट्टराई, वितरक गोपाल कायस्थ लगायतको उपस्थिति देखिए ।
सुनिता गुरुङको यो एल्बमलाई उपस्थित पाहुनाहरुले शुभकामना दिए । कार्यक्रममा सबैलाई मायाको चिनो पनि वितरण गरियो । सोही समारोहमा नायिका गौरी मल्ल खुबै लजाइन् । आफूलाई ‘लाज लागेको’ भन्दै गौरीले एक हरफ गीत गाएर पनि सुनाइन् ।
गौरीले गीतसंगीत र लोकदोहोरीको कुरा गरिन् । उनले आफ्नो पहिलो चलचित्र ‘सन्तान’को छायांकन पनि पोखरामा नै भएको स्मरण गरिन् ।
एल्बम बिमोचनमा विभिन्न जातजातीको संकृती झल्कने प्रस्तुती देखाइएको थियो । जुन निकै रोचक पनि थियो ।