Sat. Oct 12th, 2024

केवलपुरका स्थानीयलाई क्षमता विकास तालिम

११ माघ, धादिङ – दक्षिणपूर्वी धादिङको केवलपुर गाविसका अगुवा कार्यकर्ताहरुलाई आजबाट क्षमता विकास तालिम आजबाट सुरु गरिएको छ ।

एलजिएएफसंगको साझेदारीमा सहयात्री समाजको आयोजनामा सुरु भएको तालिममा केवलपुर गाविसका राजनीतिक दल, वडा नागरिक मञ्च, गाँउ विकास समिति र संघसंस्थाका प्रतिनिधि सहित ४३ जनाको सहभागिता रहेको छ ।

तालिमलाई सहयात्री समाजका उत्तरदायि अधिकृत संझना घिमिरे र चन्द्रकला सिंखडाले सहजी गर्नुभएको थियो । उपभोक्ता समिति, यसको गठन, काम कर्तव्य अधिकारका बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।

सहयात्री समाजले जिल्लाका २२ गाविसहरुमा एलजिएएफसंगको साझेदारीमा स्थानीय निकायको नितिगत तथा कानूनी पालना अनुगमन कार्यक्रम संचालन गर्दैआएको छ । कार्यक्रमले स्थानीय निकायको उत्तरदायित्त्वको पालना भए नभएको अनुगमन गरि पालना गर्न सहयोग गर्छ ।

About The Author

अन्य समाचारहरु: