Mon. Oct 14th, 2024

संसदमा उठ्यो मर्यादाको प्रश्न

sambidan sabha vaban१३ माघ, काठमाडौं – व्यवस्थापिका संसदमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले संसदीय मर्यादाको विषयमा प्रश्न उठाएका छन् ।

प्रतिपक्ष दलका सांसदलले सरकारले ल्याएको विधेयकमा सरकारकै मन्त्रीले विपक्षमा मतदान गरेकोमा प्रश्न उठाएका छन् भने सत्तापक्षले कोरमको जनाउ घण्टीपछि प्रतिपक्षका सांसदहरु उठ्ने, हिँड्ने गरेको अनौठो रहस्य सुनाएका छन् ।

दुवै दलका सांसदले घटनाक्रम संसदीय मर्यादाविपरीत भएको दावी गरेको छ । सदनको शून्य समयमा नेकपा (एमाले)सांसद भवानी खापुङले कोरमका लागि जनाउ घण्टी बजेपछि सांसद बाहिर निस्कने गरेको आरोप लगाए ।

उनले जनाउ घण्टीमा समेत सांसद चिया खाएर बस्ने तथा बाहिर चौरमा बसिरहेको आरोप लगाए । खापुङले सांसदका क्रियाकलापले संसदीय मार्यादाको उपहास गरेको दावी गरे ।गोरखापत्र दैनिक

About The Author

अन्य समाचारहरु: