Fri. Mar 29th, 2024

ला लिगामा रोनाल्डोको दुर्इ सयौं गोल

ronaldo_for_real_865641908
काठमाडौं – क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा २ सयौं गोल गरेका छन् । शनिबार रातिको खेलमा सेल्टा डे भिगोलार्इ ३-० ले पराजित गर्ने क्रममा रोनाल्डोले ह्याट्रिक गर्दै २ सय गोल पूरा गरेका हुन् । रियाल मड्रिडका लागि १ सय ७८ खेल खेल्दै रोनाल्डोले २ सय गेल गरेका हुन् ।

 

रोनाल्डोले २ सयौं गोल गरेको खेलमा रियाल मड्रिडले ला लिगामा लगातार १८ जितको कीर्तिमान पनि राखेको छ । सेल्टा डे भिगोलाई पराजित गरेपछि मड्रिडले लगातार १८ औं जितको कीर्तिमान कायम गरेको हो ।
सेल्टा भिगोविरुद्धको खेलमा मड्रिडका लागि ह्याट्रिक पूरा गरेपछि रोनाल्डो ला लिगामा सर्वाधिक २३ ह्याट्रिक गर्ने खेलाडी बनेका छन् । ला लिगामा सर्वाधिक गोलको कीर्तिमान २ सय ५३ गोलसहित बार्सिलोनाका स्ट्राइकर लियोनल मेसीको नाममा छ ।

 

ला लिगाका गएरातिका खेलमा डिफेन्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडले एल्चेलाई २–० ले हरायो । त्यसैगरी कोर्डोबाले एथ्लेटिक बिल्बाओलाई २–० ले र मालागाले डेपोर्टीभो ला कुरानालाई १–० ले पराजित गर्न सफल भए ।

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: