२२ माघ, काठमाडौं – सरकारले चालू आर्थिक बर्ष २०७२र७३ लाई ‘बजेट कार्यान्वयनको बर्ष’का रुपमा लिए पनि साढे ६ महिना बितिसक्दा कुल बजेटको एक चौथाइ पनि खर्च हुन सकेको छैन ।
चालू आवको माघ १९ सम्ममा कुल बजेटको २४ दशमलव ३१ प्रतिशतमात्र खर्च भएको छ । चालू आवको कूल बजेट रु ८ खर्ब १९ अर्ब ६४ करोड रहेको छ ।
सो रकम मध्ये हालसम्म रु १ खर्ब ९९ अर्बैमात्र खर्च भएको महालेखा नियन्त्रणको कार्यालयको तथ्यांकले देखाएको छ । अभियान दैनिकबाट