Mon. Oct 14th, 2024

मोर्चाका नेतालाई भारतीयले कुटेर लखेटे

२४ माघ वीरगन्ज–रक्सौल नाकामा अवरोध गर्न शनिबार दिउँसो मितेरी पुलमा पुगेका मधेसी दलका नेता र कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीय वासिन्दाले लखेटेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार दिउँसोदेखि खुलेको नाका शनिबार फेरि अवरुद्द पार्ने निर्णय गरेको थियो ।

मोर्चाको निर्णयअनुसार नाका अवरुद्द पार्न तमलोपाका महामन्त्री जितेन्द्र सोनल र संंघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवको नेतृत्वमा गएका मोर्चाका करिब दुई दर्जन कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीयले कुटेर लखेटेका हुन् ।

नाका अवरुद्द पार्न गएका मोर्चाका कार्यकर्ता र भारतीयबीच झडप पनि भएको थियो । झडपका क्रममा मोर्चाका तीन कार्यकर्ता घाइते भएका छन् । वीरगन्ज मुर्लीका मीरु मन्सुरीसहित तीनजना घाइते भएका हुन् । मन्सुरीको टाउको फुटेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ ।

About The Author

अन्य समाचारहरु: