Sun. Oct 13th, 2024

सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने

kisaan२४ माघ, धादिङ – सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने भएको छ ।

कृषि विकास मन्त्रालयले जारी गरेको २७ बुँदे प्रतिबद्धता पत्रले कृषकलाई पेन्सन दिने उल्लेख गरिएको कृषि विकास मन्त्री हरिबोल गजुरेलले जानकारी दिए । कृषकलाई पेन्सन दिन कृषि विकास मन्त्रालयले तयारी थालिसकेको छ ।

कृषि पेसालाई मर्यादित बनाउन पेन्सनको व्यवस्था गर्न लागिएको मन्त्री गजुरेलले बताए । कृषिको विकासका लागि मन्त्रालयले बिभिन्न कार्यक्रमहरु ल्याएको र किसानको वर्गीकरण गर्दै किसानलाई पेन्सनको ब्यवस्था गर्न लागिएको जानकारी दिए ।

किसानहरु कृषिमा आत्मनिर्भर हुन नसक्दा ब्यवसाय नै छाडेर विदेश पलायन हुनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै किसानहरुको माग र आवश्यकता अनुसार पेन्सनको व्यवस्था गर्न लागिएको हो ।

About The Author

अन्य समाचारहरु: