२४ माघ, धादिङ – पूर्व न्यायधिस एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्यायले भूकम्प पश्चात अहिलेको परिवेशमा पुर्ननिर्माण र विस्थापनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
सदरमुकाम धादिङबेसीमा आइतबार भएको भूकम्प पश्चातको स्थिति अनुगमन जवाफदेहिता अभिवद्धि र सामाजिक न्यायको सुनिश्चिताका विषयक छलफल कार्यक्रममा भूकम्प पश्चात तत्काल त्रिपाल र अहिले स्थायी घरको आवश्यक रहेको भन्दै पुर्ननिर्माणमा जोड दिनुपर्ने बताए । त्यस्तै भूकम्प पश्चात शारीरिक रुपमा समस्या परेकाहरलाई उपचारका लागि राज्यले सहयोग रकम उपलब्ध गराउनु पर्नेमा पनि जोड दिएका छन् ।भूकम्प पश्चात पुर्ननिर्माण कार्यमा चुनौति थपिएको भन्दै सबै मिलेर सामना गर्न आग्रह गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरीशंकर लालदास, सुसील प्याकुरेल लगायतको टोलीले धादिङबेसी आसपासका शिविरहरुको अवलोकन गर्दै उनीहरुको अवस्थाका विषयमा पनि जानकारी लिएका थिए । शिविरमा सुत्केरी महिला तथा बालबालिकाहरु जोखिमका साथ बस्न बाध्य भएको बताएका छन् ।