Mon. Sep 16th, 2024

सुर्खेत दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

२२ मंसिर, सुर्खेत-   सुर्खेत दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । क्षमताभन्दा दोब्बर यात्रुसहितको बस कर्णाली राजमार्गको कालेखोलामा सडकबाट चिप्लेर खस्दा अन्य ४९ जना घाइतेको उपचार भइरहेको छ भने ५ जना उपचारपछि घर फर्किएका छन् ।

मृतकमध्ये १० जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कालिकोटबाट कैलालीको टिकापुरको लागि गुडेको ना४ख ६८५७ नम्बरको बस राजमागएको ४२ किलोमिटर खण्डमा पर्ने सुर्खेतको पोखरीकाँडा(० कालेखोलामा आइतबार साँझ करिब ६ बजे दुर्घटनामा परेको हो ।

३८ सिट भएको बसमा ६८ यात्रु थिए । बस मोडबाट करिब ५ सय मिटर तल खसेको छ ।

बढी यात्रु बोकेको बस ब्रेक नलागेपछि चिप्लिएर तल खसेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सुर्खेत प्रहरी प्रमुख उपरीक्षक राजेशलाल कर्णले बताए ।

दुर्घटनास्थलमै १४ जनाको मृत्यु भएको थियो भने चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुई जनाको नेपालगञ्जस्थित अस्प्तालमा उपचारको क्रममा र दुईको जिल्ला अस्पतालमा उपचारमा मृत्यु भएको हो ।

घाइतेमध्ये २० जनाको सुर्खेत क्षेत्रिय अस्पताल, ६ जनाको माया नर्सिङ होम र ८ जनाको देउकी नर्सिङ होममा उपचार भइरहेको छ ।

मंसिर ४ गते जाजरकोटको सदरमुकाम खलंगाबाट सुर्खेतको राकामतर्फ जादै गरेको बस भेरी नदीमा खस्दा ५२ जनाको मृत्यु भएको थियो ।

(ई-कान्तिपुर अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: