Sat. Oct 12th, 2024

एमाओवादी उपाध्यक्ष श्रेष्ठलाई स्वाइन फ्लु, निवासमा आराम गर्दै –

 Narayankaji-Shrestha२७ माघ, काठमाडौं – एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु भएको छ ।

नेता श्रेष्ठले आफूलाई स्वाइन फ्लु भएको सामाजिक सञ्जालमार्फत नै जानकारी गराउनुभएको छ ।

विगत नौ दिनदेखि ज्वरोले थलिनुभएका उपाध्यक्ष श्रेष्ठको प्रारम्भिक परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ¥याल परीक्षणपछि स्वाइन फ्लु भएको खुलेको हो ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा सशरीर उपस्थित भएर श्रद्धाञ्जलि व्यक्त गर्न नसकेको भन्दै उहाँ स्वयम्ले सामाजिक सञ्जाल ट्विटरमा भन्नुभएको छ ‘सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु, स्वाइन फ्लुका कारण म बिरामी परें ।’

चिकित्सकको सल्लाहअनुसार उहाँ निवासमा नै आराम गरिरहनुभएको छ । दैनीक नेपाल अनलाईबाट

About The Author

अन्य समाचारहरु: