Sun. Sep 8th, 2024

खेलकुदमन्त्री र सदस्यसचिवबीचको विवादले राष्ट्रिय खेलकुद अनिश्‍चत

youraj_622659945

इटहरी – संविधानसभा निर्वाचनका कारण एक वर्षअघि स्थगित गरिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता दोस्रोपटक पनि निर्धारित समयमा नहुने भएको छ। खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाको आपसी विवादका कारण आगामी फागुनमा पूर्वाञ्चलमा आयोजना गर्ने भनिएको सातौं राष्ट्रिय खेलकुद निर्धारित समयमा नहुने भएको हो।

सदस्यसचिव लामाले पूर्वनिर्धारित मितिमा राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चित भएको बताएका हुन्। उनले खेलकुदमन्त्री पौडेलले खराब नियत राखेर प्रतियोगितालाई बजेट नछुट्ट्याएको आरोप पनि लगाए।

हामीले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न २३ करोड रुपैयाँ बजेट मागेर खेलकुद मन्त्रालयमा प्रस्ताव पेस गरेका थियौं, तर खेलकुदमन्त्रीको खराब नियतका कारण उक्त प्रस्ताव अर्थ मन्त्रालयसम्म पुग्दैपुगेनु, अन्नपूर्णकर्मीसँग टेलिफोनमा कुरा गर्दै लामाले भने।

उनले अब सरकारले सातौं राष्ट्रिय खेलकुदका लागि बजेट विनियोजन गरे पनि यस वर्ष प्रतियोगिता सञ्चालन गर्न नसकिने दाबी गरे। फागुनमा राष्ट्रिय खेलकुद गर्न जिल्ला र क्षेत्रमा खेलाडी छनोट प्रक्रिया सुरु भइसक्नुपथ्यो। तर बजेट अभावका कारण अहिलेसम्म छनोट प्रक्रिया अगाडि बढाउन सकिएको छैनु, लामाले भने।

मन्त्री पौडेल र सदस्यसचिव लामाको विवादका कारण सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले आर्थिक वर्ष २०७१र७२ को बजेट भाषणमा रकम विनियोजन नगरेपछि पूर्वनिर्धारित समयमा प्रतियोगिता नहुने संकेत त्यतिबैलै देखिएको थियो। तर त्यतिबेला बजेट भाषणमा भूलबस राष्ट्रिय खेलकुदका लागि रकम विनियोजन हुन नसकेको बताइएको थियो।

क्षेत्रीय खेलकुद विकास समिति पूर्वाञ्चलका अध्यक्ष किरण राईले पनि खेलकुद मन्त्रालयले नियतबस सातौं राष्ट्रिय खेलकुदका लागि बजेट विनियोजन नगरेको दाबी गरे। उनले निर्धारित समयमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सरकारले तत्काल बजेट विनियोजन नगरे पूर्वाञ्चलवासीले सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिए।

नेपाल खेलकुद महासंघका कार्यवाहक अध्यक्ष केशव बिष्टले निर्धारित समयमै पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न बजेट विनियोजन हुनुपर्ने माग गरे। ुनिर्धारित समयमै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सरकारले पहल नगरे महासंघले आन्दोलन गर्नेछु, उनले भने।

मन्त्री पौडेलले भने सातौं राष्ट्रिय खेलकुदका लागि बजेट माग गरिए पनि अर्थले उपलब्ध नगराएको बताए। उनले राखेपले पनि समयमै बजेट मागको प्रस्ताव मन्त्रालयमा नपठाएको आरोप लगाए। सरकारले बजेट स्वीकृत गरेपछि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमै हुन्छ।

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: