२८ माघ, काठमाडौं – कानुन निर्माणका लागि सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको अधिकांश महत्वपूर्ण विधेयक संसदमै थन्किएका छन् ।
संसदको समितिमा मात्रै एक दर्जन बढी विधयक अड्किएका हुन् । कतिपय विधेयकहरु दर्ता भएर एक कदम पनि अघि बढ्न सकेका छैनन् भने कतिपय विधेयक सांसदलाई वितरणगरिए पनि संशोधनको समय सकिएर रोकिएको छ ।
कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकलाई समयमै पारित गर्न नसक्नुको पछाडि दुई वटा कारण रहेको बताए । ‘ एउटा कारण संसद्को संख्या नै ठूलो भएको र अर्को विधेयकमा गम्भीर छलफल नभएका कारण छलफल नभाए कारण यस्तो भएको छ’ उनले भने ।राजधानी दैनिकबाट