२८ माघ, धादिङ – तपाई फेसबुकमा स्टाटस पोष्ट गर्दै हुनुहन्छ ? पोष्ट गर्दै हुनुहन्छ भने प्रेम सम्बन्धी स्टाटस पोष्ट गर्नुहोला, जसले तपाइलाई हिरो बनाउने छ ।
१४ फेब्रुअरी भ्यालेन्टाइन डे को अवसर पारेर प्रेम सम्बन्धी स्टाटस प्रतियोगीता हुने भएको छ । तपाई पनि सहभागीता बन्न सक्नु हुनेछ । ‘आउनुहोस् माया साट्नुहोस्, यो वर्षको भ्यालेनटाइन केहि खास बनाउनुहोस्’ भन्दै सहभागीताका लागि आग्रह गरेका छन् ।
उत्कृष्ट स्टाटसलाई विशेष पुरस्कार दिने वेटर धादिङले जनाएको छ । नेपाली समाजमा पनि केहि वर्षदेखि प्रेम दिवस मनाउन थालिएको छ । प्रेम दिवसको अवसर पारेर सामाजिक सञ्जाल, फेसबुक, टुइटरमा पनि स्टाटसहरुको ओइरो लाग्न थालेको छ ।
सहभागी हुनको लागी प्रेम विशेष स्टाटस राख्नुपर्नेछ र #valentinehero टाइप गरि आफ्नै टाइमलाइनमा पोस्ट गर्नुपर्नेछ्। तपाईंले आफ्नो स्टाटस फागुन २ गते पोस्ट गर्नुपर्ने छ।