१ फागुन, धादिङ – शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले नेपालमा बनेको अहिलेको संविधान विश्वको तुलनामा युगान्तकारी भएको दाबी गरेका छन् ।
क्रान्तिकारी पत्रकार संघ धादिङले शनिबार धादिङबेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले जनताका अन्तरबस्तु, निर्माणविधि लगायतका कुराहरु समेटिएका कारण अरु देशको तुलनामा भिन्न रहेको दाबी गरे ।
संविधान बनेकोमा खुसी व्यक्त गर्दै संघ, प्रदेशको चुनाव गराएर संविधानको कार्यन्वयन गर्ने बताए । यसलाई अझै दरिलो बनाउन छलफल गरेर अगाडि बढ्न प्रयत्न गर्ने पनि बताए ।
अर्को फरक प्रशङगमा बोल्दै नेता पोखरेलले भूकम्पको मार, संविधानको विषयमा उठेका टिकाटिप्पणी र भारतले गरेको अधोषित नाकाबन्दीले बनाएको अर्थतन्त्रको नकारात्मक असरलाई छिट्टै नै सरल बनाउने पनि बताए ।
भूकम्प र नाकाबन्दीले शैक्षिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दे शिक्षालाई मौलिक अधिकारको रुपमा लिन कार्यशाला गठन समेत गरिएको बताए । ध्वस्त भएका शैक्षिकसंस्थाहरुको यर्थार्थ विवरण तयार पारी ३ वर्ष भित्र बनाइसक्ने पनि प्रतिबद्धता व्यक्त गरे ।