Sun. Oct 13th, 2024

राष्ट्रिय सम्पदाको पुनर्निर्माण मंगलबारदेखि सुरु हुने

३  फागुन, काठमाडौं   – सरकारले राष्ट्रिय सम्पदा र ऐतिहासिक धरोहरको पुनर्निर्माणको थालनी मंगलबारदेखि सुरु गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पर्यटन परिषदको बैठकले फागुन ४ गते मंलबार दिउँसो ४ बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट राष्ट्रिय सम्पदा निर्माण अभियानको घोषणा गरेर सुरु गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

भूकम्पका कारण क्षतिग्रस्त राष्ट्रिय सम्पदा निर्माणका क्रममा सरकारले धरहरा निर्माण गर्न सार्वजनिक आह्वान गरेर निर्माण गर्ने निर्णयसमेत बैठकले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा परिषदका उपाध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेल, अन्य मन्त्रालयका मन्त्रीहरू, उद्योग बाणिज्य सङ्घ, पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: