अस्मिता खतिवडा/ ४ फागुन, धादिङ – धादिङको कटुञ्जे र खाल्टे गाविसका भुकम्प पीडितहरुलाई स्थानिय स्तरमै सीपमुलक तालिम दिइएको छ ।
आफ्नो घर तथा गाऊँको पुर्ननिर्माणका लागि स्थानियलाई नै सक्षम बनाऊने उद्देश्यले डकर्मी, सिकर्मी र हाउसवाइरिङ जस्ता प्राविधिक विषयमा तालिम प्रदान गरिएको हो । ५० दिने तालिमकै दौरानमा सहभागिहरुले बनाऊन सुरु गरेका भुकम्प प्रतिरोधात्मक घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
स्थानीयले तालिमममा सिकेकै आधारमा गाऊँको पुनःनिर्माण गर्न सक्ने तालिम संयोजक ढुण्डीनाथ योगीको भनाई छ ।भुकम्प प्रतिरोधी प्रविधीमा ऋत्भ्ख्त् को पाठ्यक्रम, सहरी विकास तथा भवन निर्माण विभाग म्ग्म्द्यऋ को नमुनामा आधारित रहेर तालिम दिईएको योगीले बताए ।
रोजगार कोषको सचिवालय हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा, जयन टेक्नीकल कलेज अफ टेक्नोलोजी प्रालिले संचालन गरेको भुकम्पबाट क्षतीग्रस्त जिल्लाहरुमा पुननिर्माणका लागि सिप कार्यक्रम अन्तर्गत तालिम दिईएको जयन टेक्नीकल कलेजका संचालक नम्रता थापाले बताइन् ।
मंसिर २७ गतेदेखि सुरु भएको तालिमको मंगलबार एक कार्यक्रमका विच समापन गरिएको हो । समापन कार्यक्रममा खुशी व्यक्त गर्दै स्थानियले तालिमले आफुहरुलाई धेरै कुरा सिकाएको र सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।