७ फागुन, धादिङ – आज ६५औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गर्दै मनाइँदै छ । दिवसको अवसरमा धादिङबेसीमा पनि विविध कार्यक्रमको आयोजना गरिदैछ ।
७ फागुन २००७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष प्रजातन्त्र मानाईने गरिएको छ । १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गरेका थिए । राजा त्रिभुवनको घोषणा पछि राणा र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
प्रजातन्त्रको स्थापनाका लािग शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष टुडिँखेलमा ओपचारिक कार्यक्रमको आयोजना गर्दैर् आएको छ ।