Tue. Oct 8th, 2024

‘नेइमारले मेस्सीको ठाउँ लिने छन्’

neymar-jr-in-fc-barcelona-2015८ फागुन,  धादिङ– ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डोले बार्सिलोनका ब्राजिलियन स्ट्राइकर नेइमारले एक दिन लियोनल मेस्सीको स्थान लिने बताएका छन् ।

नेइमारमा पाँच पटकसम्मका बालोन डी’ओर विजेता बार्सिलोनाका अर्जेन्टाइनी स्ट्राइकर मेस्सीको स्थान लिनका लागि आवश्यक सबै क्षमता रहेको रोनाल्डोको भनाई छ । नेइमार फिफा बालोन डी’ओर २०१५ को अन्तिम तीनमा मेस्सी र रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसँगै थिए । मेस्सीले पाँचौं पटक अवार्ड जित्दा नेइमार तेस्रो स्थानमा रहेका थिए । रोनाल्डोले भने ‘म नेइमारलाई निकै मनपराउँ छु । उ केही हदसम्म म जस्तै पनि छ । बार्सिलोनमा पहिलो वर्ष उसले खासै राम्रो गर्न सकेन । किनकी नयाँ वातावरणमा अभ्यस्त हुन केही समय त लागि हाल्छ नी ।

अहिले उ निकै लयमा छ । र एक दिन मेस्सीको स्थान पक्कै लिनेछ ।’ नेइमारमा मेस्सी जस्तै उत्कृष्ट खेलाडी बन्न चाहिने सबै खुबी रहेको र उ एक दिन विश्व फुटबलमै मेस्सीको उत्तराधिकारी बनेर निस्कने ब्राजिलियन पूर्व खेलाडी रोनाल्डोको भनाई छ । नेइमारले गएको सिजन बार्सिलोनालाई ला लिगा, च्याम्पियन्स लिग तथा कोपा डेल रेको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेइमारलाई मेस्सीको उत्तराधिकारी मान्ने रोनाल्डोले सन् १९९७ मा इन्टर मिलान जानु एक वर्ष बार्सिलोनामा बिताएका थिए ।

– एजेन्सीको सहयोगमा

About The Author

अन्य समाचारहरु: