९ फागुन, धादिङ – नेपाली कांग्रेस धादिङले स्वर्गीय सभापति सुशील कोइरालाको १३ औं दिनको पुण्यतिथिमा आइतबार धादिङबेसीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
१३ औं दिनको पुण्यतिथिको अवसरमा स्वर्गीय सुशील कोइरालाको फोटोमा फुल र अबिर चढाई माल्यापण गरिएको थियो । कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत भएका कोइरालाले नेपाली राजनीतिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यको चर्चा समेत गरिएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, निर्वतमान सभापति रामनाथ अधिकारी, नेपाली काँग्रेसका नेता तथा शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।
आइतबार देशको ७५ जिल्लामा नै श्रद्धाञ्जली सभा भइरहेको छ । कोइरालाको गत माघ २६ गते बिहान मृत्यु भएको थियो ।