Mon. Oct 14th, 2024

विपत्त जोखिम न्यूनिकरण व्यवस्थापन सम्बन्धी तालिम संचालन

९ फागुन,  धादिङ – विपत्त जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी एकदिने तालिम सोमबार सदरमुकाम धादिङबेसीमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार, वातावरण तथा विकास प्रतिष्ठान (इन्हुरेड इन्टरनेशनल) को आयोजना तथा करुणा सेचेनको आर्थिक संयोजनमा तालिमको आयोजना गरिएको हो ।

गोर्खा, धादिङ्ग, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपालचोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा, सोलुखुम्वु र मकवानपुर जिल्लाको सदरमुकाममा संस्थाले विपत्त जोखिम न्यूनीकरण व्यवस्थापन तालिम संचालन गर्ने लक्ष्य बमोजिम फागुन ७ गते गोर्खा र ९ गते धादिङ्ग जिल्लामा कार्यक्रम संचालन गरिएको संस्थाका महासचिव वि.पी. अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि, अधिकारकर्मी, संचारकर्मी, नागरिक समाजका प्रतिनिधि, शिक्षक तथा राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई भूकम्प आउँदा आफूले गरेका कार्य तथा आफ्ना अनुभव र सिकाईहरुका बारेमा जानकारी गराइएको थियो ।

संस्थाले धादिङ्गको तोपलाङ्ग र नलाङ्ग, मकवानपुरको टिष्टुङ्ग र बज्रबाराही, गोर्खाको टाकुकोट, नुवाकोटको लच्याङ्ग र गेर्खु, रसुवाको यर्शा र भोर्ले, सिन्धुपालचोकको किउल र पाल्चोक, काभ्रेपलाञ्चोकको होक्से र ज्याम्दी, दोलखाको लापिलाङ्ग, रामेछापको सैंपु र नाङ्गदह, सिन्धुलीको मजुवा, ओखलढुंगाको बरुणेश्वर र सोलुखुम्वुको केरुङ्ग गाविसमा असुरक्षित बसाई सराई र मानव बेचबिखन विरुद्धको अभियान संचालन गरिरहेको छ ।

About The Author

अन्य समाचारहरु: