९ फागुन, धादिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कोअध्यक्षमा नविना लामा निर्वाचित भएकी छिन्।
आइतबार सम्पन्न अनेरास्ववियुको २२ औँ राष्ट्रिय महाधिवेशनबाट बहुमत ल्याउदै लामा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। कुल मत १५९७ मध्ये खसेको १५१९ मतमध्ये लामाले ८६५ प्राप्त गरिन् भने गौतमले ६४९ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मि आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्।
यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे।