Fri. Mar 29th, 2024

च्याम्पियन्स लिगबाट लिभरपुल बाहिरियो

Gerrad_to_liverpool_983426454

काठमाडौं – इंग्लिस क्लब लिभरपुलको च्याम्पियन्स लिग फुटबल प्रतियोगितको यात्रा समूह चरणमै टुंगिएको छ ।

गएराति भएको खेलमा स्वीट्जरल्यान्डको एफसी बासेलसँग १–१ गोलको बराबरी खेलेपछि लिभरपुल च्याम्पियन्स लिगको अन्तिम ३२ बाटै बाहिरिएको हे ।

लिभरपुललाई च्याम्पियन्स लिगको नकआउट चरणमा पुगन बासेललाई हराउनै पर्ने चुनौति थियो । तर खेलमा बासेलकै अलेक्जेन्डर फ्रेइले पहिलो हाफको २५ औं मिनेटमा अग्रता दिलएका थिए ।

यो सिजन स्ट्राईकिङ लाईनअप चल्न नसकेको लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिनुको कारण पनि त्यही बन्यो । बासेलविरुद्ध स्ट्राईकरहरु गोल गर्न असफल भएपछि लिभरपुलको यात्रा टुंगिएको हो ।

Basel
६० औं मिनेटमा स्ट्रार्इकर मार्कोभिकले रातो कार्ड खाँदै मैदान छाडेपछि लिभरपुल थप दवावमा परेको थियो । लिभरपुलका लागि भेट्रान मिडफिल्डर स्टेफन जेर्राडले खेलको ८१ औं  गोल गर्दै टिमलार्इ हारबाट जोगाए । तर त्यो गोल लिभरपुलको अघिल्लो चरणको यात्राका लागि पर्याप्त भएन ।

बासेलसँगको बराबरीपछि लिभरपुल ५ अंकसहित तेस्रो स्थानमा रहेको छ । उसले अब युरोपा लिगमा प्रतिस्पर्धा गर्ने छ । च्याम्पियन्स लिगको समूह बीबाट ६ वटै खेलमा जित निकाल्दै रियाल मड्रिड १८ अंकका साथ यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

उसले गएरातिको खेलमा बुल्गेरियाको लुदोगोरेट्सलाई ४–२ ले पराजित गर्यो । यो समूहबाट ७ अंकका साथ बासेल पनि अन्तिम १६ मा पुगेको छ । गएरातिका अन्य खेलहरुमा फ्रान्सको मोनाको, इङ्ल्यान्डको आर्सन, जर्मनको बुरोसिया डर्टमन्ड, इटालीको युभेन्ट, स्पेनको एथ्लेटिको मड्रिड पनि अन्तिम १६ मा पुगेका छन् ।

liverpool VS basel
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: