११ फागुन, हेटौँडा – उत्तरी मकवानपुरमा रहेक कलाको क्षेत्रमा उत्कृष्ट पहिचान बनाउँदै आएको थाहा कला केन्द्रले आयोजना गरेको मकवानपुर आईडलको फाईनल नायाँ वर्ष २०७३ बैशाख १ गते थाहा नगरपालिकामा हुने भएको छ । मकवानपुर आईडलको फाईनलको विषयमा सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कलाकेन्द्रले मकवानपुर आइडललाई देशकै उत्कृष्ट गायन प्रतियोगिता बनाउने दाबी समेत गरेको छ ।
समाजका बहुसास्कृतिक पक्षलाई समेटदै लोप हुन लागेको संस्कृति जगेर्ना गर्नुको साथमा नयाँ युवा पुस्तालाई संगितको क्षेत्रमा जोडने उदेश्यले स्थापना भएको कला केन्द्रले गरेको पहिलो कार्यक्रममा सहयोग गर्न आयोजकले आग्रह समेत गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै थाहा आईडलका कार्यक्रम संयोजक सानुबाब मुुक्तानले मकवानपुर आईडललाई देशकै उत्कृष्ट गायन प्रतियोगिता बनाउनको लागि सबै मकवानपुरेहरुको साथ तथा सहयोग आवश्यक रहेको बताए ।प्रतियोगितामा ४ लाख रुपैँया खर्च हुने बताउँदै उनले फाइनलको लागि १० जना छनौट भैसकेको र अधिकांश प्रतियोगिहरु ग्रामिण भेगबाट सहभागि भएको उल्लेख समेत गरे । आफुहरुले जिल्लाकै विकट गोगने, डाँडाखर्क लगाएतको स्थानमा पुगरेर समेत अडिसन सम्पन्न गरेको बताउँदै यो प्रतियोगितालाई मकवानपुरकै सान बनाउनको लागि सबैको साथ आवश्यक रहेको बताए ।
मकवानपुर आईडलमा प्रथम हुनेलाई ६० हजार, दोश्रो स्थान हाँसील गर्नेलाई ३० हजार, तृतियको लागि १५ हजार तथा चौथो हुनेको लागि ५ हजार पुरस्कार राशी राखिएको थाहा कला केन्द्रका रुपक कालिराजले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई फिल्म निर्माता एवम निर्देशक विएस बलामीले गायनको अवसर पनि दिने सहमति भएको आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण टप १० लाई एक एक थान मोवाईल उपहार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।