१२ फागुन, धादिङ – पोखराबाट उडेको तारा एयरको म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
बुधबार बिहानदेखि सम्पर्क विहिन विमान सोली घोप्टे डााडोमा आगो लागेर डढेको अवस्थामा विमान भेटिएको हो । अहिले नेपाली सेनाको हेलिकोप्टर त्यहाँ पुग्दैछ । म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले भीरमा रहेका रुखमा ठोक्किएर जहाज दुर्घटना भएको बताए। सबै शव जलेका छन् चिन्न सकिने अवस्थामा छैन उनले भने।
बुधवार विहान ७ बजेर ५७ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको ९-AHH ट्वीनअटर विमान विहान सवा ८ बजेदेखि सम्पर्कबिहीन भएको थियो । विमानमा चालक दलका ३ सदस्य र दुर्इ बालबालिका सहित २३ यात्रु थिए ।