Fri. Oct 30th, 2020

पुलमुनिबाट दिनहुँ सयौं ट्याक्टर ढुंगा संकलन

मुगुवा ९बाँके०, भाद्र ८ मुगुवा खोला पुल मुनिबाट दिनहुँ सयौं ट्याक्टर ढुंगा, गिट्टी उत्खनन गरिन थालेको

छ । यसले गर्दा पुल जोखिममा परेको छ । जिविस र वन कार्यालयले निकासीको ठेक्का दिएपछि पुल नजिकैबाट ढुंगा, गिट्टी निकाल्न थालिएको हो ।

पुलको तल(माथिबाट दुई सय मिटरभित्र ढुंगा, गिट्टी उत्खनन गर्न निषेध छ । त्यस विपरीत सयौं ट्याक्टर ढुंगा गिट्टी उत्खननमा प्रयोग भएका छन् । ढुंगा लिन जानेहरूको यहाँ मेलै देखिन्छ । ुशुल्क तिरेर ढुंगा लिन आएका हौं,ु मुगुवा खोलामा भेटिएका सूर्यनारायण वर्माले भने, ुअहिलेसम्म कसैले रोकेकोे छैन ।ु उनले उक्त पुल नजिकैबाट दैनिक सयभन्दा बढी ट्याक्टरले ढुंगा, गिट्टी ओसार्ने गरेको बताए । बाँकेका स्थानीय विकास अधिकारी विश्वराज डोटेलले पुलको तलमाथि २ सय ५० मिटरसम्म ढुंगा उत्खनन गर्न नदिन निर्देशन दिएको बताए । उनले त्यसबारे तत्काल अनुगमन गरिने प्रतिबद्धता जनाए । ुभर्खरै उत्खननको अनुमति दिएकाले अनुगमन गर्न भ्याएका छैनौं,ु उनले भने, ुपुलको तलबाट ढुंगा निकासी तत्काल रोक्छौं ।ु

ढुंगा, गिट्टी, बालुवा निकासीबाट जिविस र वन कार्यालयले वाषिर्क सवा करोड कर उठाउने गरेका छन् । प्रारम्भिक वातावरणीय प्रतिवेदनका आधारमा मात्रै ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिइन्छ ।

Loading...

अन्य समाचारहरु: