Sat. Oct 12th, 2024

पाकिस्तानद्धारा युएई ७ विकेटले पराजित

१८ फागुन, धादिङ – बंगलादेशमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानले संयुक्त अरब इमिरेट्स युएईलाई पराजित गरेको छ ।

pakistan

सोमबार राति मिरपुरमा भएको खेलमा पाकिस्तानले युएईमाथि सात विकेटको जित दर्ता गरेको हो । प्रतियोगिताको पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य १८ दशमलव ४ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तानका लागि शोएब मलिकले नटआउट ६३, उमर अकमलले नटआउट ५० तथा मोहम्मद हाफिजले ११ रन बनाए । युएईका अमजद जादवले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनायो । उसका लागि शाइमन अनवरले ४६, अमजद जादवले नटआउट २७ तथा महोम्मद उस्मानले २१ रन बनाएपनि हार टार्न सकेनन् । पहिलो खेलमा पाकिस्तान भारतसँग पाँच विकेटले पराजित भएको थियो । युएई भने अहिलेसम्म खेलेका सबै तीन खेलमा पराजित भएको छ ।

About The Author

अन्य समाचारहरु: