Sun. Oct 13th, 2024

चितवन राष्ट्रिय निकुञ्जको गैंडा हचुवाको भरमा स्थानान्तरण हुँदै

gaida birod
अनन्तप्रकाश सुवेदी / १९ फागुन, चितवन – चितवनका संरक्षणकर्मीहरुले हचुवाको भरमा हुन गइरहेको गैंडा स्थानान्तरणको विरोध गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया कुनै बहुराष्ट्रिय सस्थाको दवावमा आएर गैंडा लगिदै गरेको र विगतमा लगिएको अधिकांश गैंडा असुरक्षित भएकाले यसको विरोध गर्नुपरेको विरोधमा उत्रिएका संरक्षणकर्मीहरु बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जले दुई वर्ष अघि नै निर्णय गरेको भनेता पनि सरोकारवाला संघ संस्थालाई कुनै जानकारी नभएको र यसको सशक्त विरोध गर्ने मध्यवर्तिका मधुकर मल्लले बताए । यसबाट नै विदेशमा आएको ८५ लाख पचाउनका लागि मात्र हतार हतार गैंडा वर्दिया लगिँदै गरेको पुष्टि हुन्छ ।

विगतमा ८३ वटा गैंडा वर्दियामा पुगेकोमा हाल २९ वटा मात्र बाँकी रहेको तर चितवनमा त्यति नै समयमा ३०० बाट गैंडाको संख्या ६०० भन्दा माथि पुगेको हुँदा गैंडाको लागि सो उपयुक्त बासस्थान नभएको वन्यजन्तु विज्ञ तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्रा डा कृष्ण काफ्ले बताए ।

About The Author

अन्य समाचारहरु: