काठमाडौं–करिब डेढ महिनाअघि गोरखाको प्रमुख जिल्ला अधिकारी बनेर आएका बलदेव गौतमको एमाओवादी अध्यक्ष प्रचण्ड र उनका सहयोगीलाई रिझाउन नसक्दा सरुवा भएको छ । गौतम माघ ६ गते प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर आएका थिए ।
गोरखामा सहसचिवलाई सिडिओ बनाउने निर्णयसँगै यहाँ आएका गौतमलाई गृहमन्त्रालयले सप्तरी पुर्याएको छ । स्रोतका अनुसार एमाओवादी अध्यक्ष प्रचण्ड, उनका सहयोगी र कार्यकर्तालाई रिझाउन नसक्दा उनको यति छोटो समयमै सरुवा भएको हो ।
फागुन १५ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गोरखा गएका प्रचण्डले जिल्लाका प्रशासकले आफूलाई वेवास्ता गरेको गुनासो गर्दै यसको परिणाम केही दिनभित्रै देखिने बताएका थिए । पार्टी जिल्ला कार्यालयमा आयोजित प्रशिक्षण मा प्रचण्डले सिडिओप्रति लक्षित गर्दै सरकारमा रहेको दलको नेता आउँदा प्रशासकले देखाउने व्यवहार गतिलो नभएको बताउँदै भनेका थिए, ‘मलाई त यस्तो गर्नेले हाम्रा जनताको काम कसरी गरेका होलान् ।
रातोपाटी अनलाईनबाट