२३ फागुन, धादिङ – जिल्ला प्रहरी कार्यलय धादिङले यात्रु तथा चालकलाई मध्यमजर गर्दै सचेतनामुलक कार्यक्रम चालकसँग एक क्षण अभियान सञ्चालन गरेको छ ।
पृथ्वी लोकमार्ग अन्र्तगत नारायणघाट सडक खण्ड विस्तार भइरहेको कारण अन्य जिल्लाहरुबाट राजधानी जाने र राजधानीबाट बाहिर जाने सवारी साधनहरु उक्त सडकखण्डमा दैनिक ४ घण्टासम्म जाममा बस्नुपर्ने अवस्थालाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
जाम पश्चात सवारी चालकहरुले गन्तव्यसम्म पुग्न सवारी गति तीब्र बनाउने भएका कारण दुर्घटना बढी हुन सक्ने भएकाले सवारी दुर्घटनामा कमी ल्याउन, यात्रुहरुलाई गन्तव्यसम्म सुरक्षित पु¥याउन, ट्राफिक नियमको पालना गराउन, महिला बालबालिका अशक्त र जेष्ठ नागरिकहरुलाई सम्मानजनक व्यवहार गर्न गराउन आइतरबारदेखि अभियान सञ्चालन गरिएको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
अभियान फागुन महिनाभरी नै सञ्चालन हुने पनि प्रधानले जानकारी दिए ।