Wed. Jul 24th, 2024

अमेरिका लैजाने भन्दै करोडौँ ठग्ने प्रहरी फन्दामा

धुर्कोट (गुल्मी), कात्तिक १५ – अमेरिका लैजाने भन्दै करोडौँ रूपैयाँ ठगी गरेर फरार रहेका प्रहरीको सर्वाधिक खोजीमा रहेका गुल्मीका विजय भण्डारी सदरमुकाम तम्घासमा पक्राउ परेका छन्।

आफू नेपालको प्रसिद्ध गुरु स्वामी श्रीविष्णु प्रपन्नाचार्यजी महाराज रहेको र अमेरिकामा हुने धार्मिक कार्यक्रममा लैजाने भन्दै भारतमा रहेका नेपाली विद्यार्थीबाट उनी करोडौँ रूपैयाँ ठगी गरेपछि फरार थिए।

उनले नेपाली विद्यार्थीलाई अमेरिका जान रु पाँच लाख खर्च लाग्ने र रु एकलाख पेस्की भन्दै करिब रु पाँच करोड ठगी गरेका थिए। गुल्मीको धुर्कोटवस्तु गाविस-१ निवासी भण्डारीलाई सदरमुकाम तम्घासबाट वैदेशिक रोजगार विभागको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। रासस

About The Author

Loading...

अन्य समाचारहरु: