Mon. Jun 24th, 2024

रियाल मड्रिडको लगातार बीसौं जित

Bale_to_Real_madrid_897089814

 

काठमाडौं -रियाल मड्रिडले स्पेनिस ला लिगामा लगातार बीसौं जित दर्ता गर्न सफल भएको छ । गएराति भएको खेलमा अल्मेरियालाई ४–१ ले पाखा लगाउँदै रियालले लगातार बीसौं जितको कीर्तिमान राख्न सफल भएकोे हो ।

रियाललाई जिताउने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्न सफल भए । रियाललाई खेलको ३४ औं मिनेटमा इस्कोले अग्रता दिलाए । त्यसको ५ मिनेट नबित्दै भेर्जाले गोल गर्दै अल्मेरियालाई बराबरीमा ल्याए ।

Isco to Real madrid
वेल्सका फर्वाड ग्यारेथ बेलले टोनी क्रुसको पासमा ४२ औं मिनेटमा गोल थपेपछि रियालले पहिलो हाफ २–१ मा टुंग्यो । दोस्रो हाफमा रियालका लागि रोनाल्डोले दुई गोल थपे । उनले ८१ औं र ८८ मिनेटमा गोल गरेका हुन् । यो सिजन ला लिगामा रोनाल्डोले गोल संख्या २५ पुर्याएका छन् ।

यो जितसँगै रियाल १५ खेल खेल्दै ३९ अंकका साथ ला लिगाको शिर्षस्थानमा छ । एक खेल कम खेलेका बार्सिलोनाको ३४ र एथ्लेटिको मड्रिडको ३२ अंक रहेको छ ।

real madrid2

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: