२७ फागुन, धादिङ – धादिङको नलाङ गाँउ विकास समितिबाट ३ थान अबैध भरुवा बन्दुक सहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नलाङ ९ का झलक बहादुर घले, कुम्पुर १ का आशिष घले, सोहि ठाँउका किशोर घले, निरबहादुर घले, सीताराम घले र कुम्पुर ९ का ठाकुर श्रेष्ठ रहेका छन् ।
गाँउमा बन्दुक बोकेर हिडिरहेको अवस्थामा नलाङ प्रहरीले बुधबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुले जंगलमा सिकार गर्न जान लागेको बताएका छन् । यस विषयमा अनुसन्धान पछि मात्र थाहा हुने धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई सम्मानित अदालत मार्फत हातहतियार तथा खरखजना मुद्धा चलाइने जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।