Sat. Oct 12th, 2024

“काम गरेर पाएको पैसाले छोरा छोरीलाई कापी र कलम किनिदिन्छु”

case for work 1
२८ फागुन, धादिङ – “काम गरेर पाएको यो पैसाले छोरा छोरीलाई कापी र कलम किनिदिन्छु” । बूढाथुम गाविसकी सपना परियारले काम गरेको पैसा बुझेपछि यसरी सुनाइन् । ५ जना छोराछोरी छ , एउटा छोरी ८ कक्षामा पढ्छ त्यसको लागि खर्च गर्नुछ ।”  भूकम्पले घर भत्कियो, बस्ने बास नहुदा अस्थायी टहरामा नै बस्नु प¥यो, आम्दानीको बाटो नहुँदा समस्यामा परेकी उनी कमाईको पैसा पाउदा खुसी भइन् ।

केयर नेपाल र सहयात्री समाज नेपालको साझेदारीमा जिल्लाका  ६ वटा गाविसमा संचालित हरियो वन कार्यक्रम अन्र्तगत भुकम्पका कारणले क्षति भएका बाटो, पहिरो, सिंचाईको निमार्ण गर्ने र सो काम गरेवापत समुदायले ज्याला दिने कार्यक्रम रहेको थियो । कार्यक्रम अन्र्तगत जिल्लाका ५ वटा गाविसमा बाटो, सिंचाई र पहिरोको पुर्ननिमार्ण गरिएको छ । यो काम गर्नका लागि ४ हजार ७ सय ४४ जना खेतालाको प्रयोग भएको कार्यक्रम संयोजक सुजन राजभण्डारीले जानकारी दिए ।

case for work 3

१ जनाले १ दिन काम गरेवापत ५ सय २५ रुपैया ज्याला र १ सय ७५ रुपैया खाजाखर्च गरी जम्मा ७ सय रुपैया समुदायले प्रतिदिनको ज्याला पाएका थिए । पहिलो चरणमा मूलपानी गाविसमा १ हजार १ सय ३१ जनाले ७ लाख ८३ हजार ७ सय ८३ रुपैया, बूढाथुम गाविसमा १ हजार ३ सय ५१ जनाले ९ लाख ३६ हजार २ सय ४३ रुपैया, सल्यानटार गाविसमा ६ सय ७४ जनाले ४ लाख ६७ हजार ८२ रुपैया बुझेका थिए ।

यसै गरी फूलखर्क गाविसमा ८४१ जनाले ५ लाख ८२ हजार ८ सय १३ रुपैया र आगिञ्चोक गाविसमा ७ सय ४० जनाले ५ लाख १२ हजार ८ सय २० रुपैया बुझेको सहयात्री समाज नेपालका लेखा अधिकृत हरि सुनारले बताए । ५ वटा गाविसमा संस्थाले जम्मा ३२ लाख ८२ हजार ७ सय ४१ रुपैया वितरण गरेको छ ।

case for work

बूढाथुम गाविसका शंकर थापाले भुकम्पका कारणले क्षतिविक्षत भएको आफ्नो गाउँ पनि बनाउन पाइयो, काम गरेर आएको ज्यालाले यो विपदमा खर्च गर्ने रकम पनि पाइयो यसले हामीलाई धेरै सहयोग पुगेको र आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने भावनामा विकास गरेको वताए ।

भुकम्पका कारणले बाटो, कूलो विग्रिएर समुदायको जनजिवनमा असर परिरहेको छ भने पहिरोले धेरै नै बस्तिहरु जोखिममा रहेको अवस्थामा समुदायलाई नै त्यसको पुर्न निमार्णमा परिचालन गर्ने र त्यसको ज्याला समुदायलाई नै दिदा समुदायलाई राहत हुने भएकोले यो कार्यक्रम संचालन गरिएको केयर नेपाल धादिङका हरियो वन कार्यक्रमका नविन ढुङ्गानाले बताए ।

About The Author

अन्य समाचारहरु: