Sun. Oct 13th, 2024

आइतबार गएको भूकम्पका कारण धादिङका विद्यालयको पठनपाठन स्थगित

Earthquake_
३० फागुन, धादिङ – आइतबार गएको भूकम्पका कारण धादिङबेसी सदरमुकामका विद्यालयका पठनपाठन स्थगित गरिएको छ ।

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ उच्च माध्यमिक विद्यालय, बालमन्दिर मावि लगायतका विद्यालयको आइतबारको पठनपाठन स्थागित गरिएको हो ।

धादिङ केन्द्रविन्दु बनाएर ४ दशमलब ८ रेक्टर स्केलको भूकम्प जाँदा विद्यार्थीहरु आत्तिएका थिए । भूकम्पले हल्लाएका कारण विद्यार्थीहरु आत्तिएर रुन थालेपछि विद्यार्थीहरुकै अनुरोधमा बाँकी पढाई स्थगित गरिएको विद्यालयले जनाएको छ ।

भूकम्पले हल्लायौँ सबै बाहिर निस्केर रुन थाल्यौ नीलकण्ठ उमाविका छात्रा रस्मी बाँनियाले बताइन् । “हाम्रै अनुरोधमा आजको बाँकी पढाई स्थगित गरी सबैलाई घरमा जान अनुरोध गरेका हौँ “उनले भनिन् ।

About The Author

अन्य समाचारहरु: