Wed. Sep 11th, 2024

एसएसपी श्रेष्ठको निलम्बन प्रक्रिया सुरु

केपी ढुंगाना, काठमाडौं, कात्तिक १५ – प्रहरी प्रधान कार्यालयले विदेशी मुद्रा तस्करीमा संलग्न देखिएका एसएसपी रविराज श्रेष्ठलाई निलम्बनको प्रकृया शुरु गरेको छ। प्रहरीकै अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता पुष्टी भएपछी प्रधान कार्यालयले मंगलवार उनलाई निलम्बनको प्रकृया शुरु गरेको हो।

मन्त्रालयस्रोतका अनुसार एसएसपीलाई निलम्बनको अधिकार प्रहरी महानिरिक्षकसँग नभएकाले मंगलवार प्रहरी महानिरिक्षकको सचिवालयले थप कानुनी प्रकृया अगाडि बढाउन निलम्बनका लागी गृहमन्त्रालयमा पत्र पठाएको छ।

प्रहरी नियमावली अनुसार राजपत्रांकित प्रहरी अधिकृतलाई नेपाल सरकारले बर्खास्त गर्न, सेवावाट हटाउन, दर्ता वा तलव घटाउन र अन्य कार्वाही गर्न सक्ने व्यवस्था छ।

स्रोतका अनुसार पत्रमा विमानस्थलमा भएको विदेशी मुद्रा तस्करीको अनुसन्धानकोक्रममा एसएसपी श्रेष्ठको संलग्नता पुष्टी भएकाले थप कार्वाही अगाडि बढाउन निलम्बनको सिफारिस गरिएको छ।

‘निलम्बन कार्वाही प्रकृयाको प्रारम्भ मात्रै हो, निलम्बनपछी थप कार्वाहीको प्रकृया शुरु हुन्छ’स्रोतले भन्यो’ समितिले औंल्याएको कसुर अनुसार बर्खास्त र जेल सजायसम्मको कार्वाही हुनसक्छ।’

असोज १९ गते दुबई एयरलाइन्सबाट तस्करी हुन लागेको अवस्थामा सवा करोड रुपैया” बराबरको विदेशी मुद्रा बरामद भएको थियो। विमानस्थल प्रहरी प्रमुख नारायण वस्ताकोटीलेनै सो घटनामा विमानस्थल प्रहरीको संलग्नता सार्वजनिकरुपमा स्विकार गरेपछी प्रधान कार्यालयले अनुसन्धानका लागी एआइजी भिष्म प्रसाईको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।

समितिले तस्करीमा एसएसपी श्रेष्ठको संलग्नताको पुष्टी गर्दै दशै अगाडिनै प्रतिवेदन बुझाएको थियो। दशै विदाका कारण उनीमाथीको अन्य प्रकृया अगाडि बढ्न सकेको थिएन।

प्रतिवेदनमा एसएसपी श्रेष्ठ महानगरिय प्रहरी आयुक्त कार्यालयवाट विमानस्थलमा सरुवा भए लगत्तै विदेशी मुद्रा तस्करीका गिरोहसँग मिलेर तस्करीमा संलग्न रहेको र उनले पदिय अधिकार दुरुपयोग गर्दै सहयोगी मार्फत मुद्रा तस्करी गराएको ठहर गरेको थियो।

एसएसपी श्रेष्ठले विमानस्थलका असई हिराकाजी कुमाल र आफ्ना चालक प्रहरी हवल्दार शोभित कार्कीलाई परिचालन गरी मुद्रा तस्करी भएको प्रतिवेदनले ठोकुवा गरिएको छ।

एसएसपी श्रेष्ठ सुन तस्करीमा सक्रिय व्यापारी मुरारी जमालिया र पवन अग्रवाल समुहसंग मिलेर नेपालवाट विदेशी मुद्रा बाहिर पठाउने र बाहिरवाट आएको सुन भन्सार छलेर विमानस्थलवाट बाहिर पठाउन सक्रिय रहेको प्रतिवेदनमा उल्लेख भएकोे स्रोतले बतायो।

अनुसन्धानमा असई कुमालले मात्र विमानस्थलमा एक दर्जन भन्दा बढी पटक विदेशी मुद्रा तस्करी गरेको खुलेको थियो। असई कार्की फरार भएकाले उनको संलग्नतामा भएको तस्करीको विवरण भने प्रहरीले फेला पार्न सकेन।

समितिले विमानस्थलका तत्कालीन प्रमुख बस्ताकोटीले चेन आफ कमान्ड सम्हाल्न नसकेको र तस्करीबारे पूर्वजानकारी हु”दासमेत नियन्त्रणमा लिन नसकेकामा नैतिक जिम्मेवारी लिनुपर्ने औल्याएको थियो। प्रधान कार्यालयस्रोतका अनुसार उनीमाथीको अन्य कार्वाही प्रकृयाका लागी कानुनी परामर्श शुरु गरेको स्रोतले बतायो।

कात्तिक ४ गते समितिले प्रतिवेदन बुझे लगत्तै प्रहरी महानिरिक्षक कुवेर रानाले श्रेष्ठलाई मा विमानस्थलवाट जगेडापुलमा सरुवा गरेका थिए। असइ कुमाल थप कार्वाही प्रकृयाका लागी प्रहरीको एक नम्बर गणमा राखिएका छन्। प्रहरी हवल्दार कार्की भने फरार छन्। मुद्रा सहित पक्राउ परेका भारतीय नागरिक विनोदकुमार सोनी हिरासतमा छन्।

About The Author

अन्य समाचारहरु: