Sat. Oct 12th, 2024

चिसोका कारण धादिङको जनजीवन प्रभावित

धादिङ – ठण्डी भनेर चिनिने पुष महिना सुरु हुनै लाग्दा धादिङ लगायत देशभर चिसो बढेको छ ।

 
केही दिन अघिको तुलनामा जिल्लाभर चिसो बढेको मौसम मापन केन्द्रहरुले जानकारी दिएको छ । तुवाँलो लागेर चिसो बढेपछि धादिङ सहित आसपासका जिल्लाहरु, गोरखा, नुवाकोट, चितवनाको जनजिवन प्रभावित बनेको छ ।

 

पानी नपरेको भएपनि विहानैदेखी विहान बेलुका बादल तथा हुस्सु लाग्ने र घाम नलाग्ने भएका कारण चिसोले मुख्यत बालबच्चा र बुढाबुढी बढी प्रभावित बनेका छन् । पहिलाको तुलनामा आज बजारको चहल–पहल समेत कमि आएको छ । चिसोबाट रुघाखोकी र निमोनिया हुने भएकाले चिसोबाट बच्नको लागि जिल्ला अस्पताल धादिङले सबैलाई आग्रह गरेको छ ।

 

चिसोमा न्यानो लुगा लगाउन र झोल पदार्थ बढि खाएर चिसोबाट जोगिन डाक्टरहरुले सल्लाह दिएका छन् । स्वास्थ्य सम्बन्धी कुनै समस्या आए नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गराउन पनि चिकित्सकहरुले सुझवा दिएका छन् ।

About The Author

अन्य समाचारहरु: