Sat. Oct 12th, 2024

विषादीको प्रयोग सम्बन्धी तालिम

get_img

४ चैत, धादिङ – जिल्ला कृषि विकास कार्यलय धादिङले विषादीको बिक्रि वितरण गर्ने बिक्रेताहरुलाई ५ दिने तालिम प्रदान गरेको छ ।

सामथ्र्य नेपालको आर्थिक सहयोगमा संचालन गरिएको तालिममा धादिङ जिल्लाभरका २८ जनाको सहभागीता रहेको थियो ।

तालिममा जिल्ला कृषि विकास कार्यलय धादिङका बाली संरक्षण अधिकृत माधव भट्ट, बाली संरक्षण अधिकृत मनोज पोखरेल, विषादी रजिष्टार वेद प्रसाद चौलागाईले सहभागीहरुलाई सहजिकरण गरेका थिए ।

तालिममा विषादीको प्रयोग कसरी गर्ने, कुन बालीमा कस्तो विषादी प्रयोग गर्ने, कति मात्रामा प्रयोग गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।

तालिमको बिहिबार एक कार्यक्रमको आयोजना गरि समाापन गरिएको छ ।

About The Author

अन्य समाचारहरु: