Sat. May 18th, 2024

मिस वल्र्ड २०१४ को उपाधि रोलिनीलाई

miss-world-1

 

यस बर्र्षको विश्व सुन्दरी प्रतियोगीताको उपाधि साउथ अफ्रिकाकी रोलिनी स्ट्रसले हात पारेकी छिन् ।

 
बेलायतको राजधानी लण्डनमा सम्पन्न प्रतियोगीतामा विश्वका विभिन्न १ सय २५ जना सुन्दरीलाई उछिन्दै उपाधि हात पार्न सफल भएकी हुन् ।

 
तपाई किन नयाँ मिस वल्र्ड बन्न चाहनुहुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिंदै उनले विश्व सुन्दरीको ताज जित्न सफल भएकी हुन् । यस वर्षको  मिस वल्र्ड २०१४ को उपाधि आफ्नो नाम घोषणा गर्दा रोलिनीको आँखाबाट आशु झरेको थियो  ।

 
प्रतियोगीतामा फस्ट रनरअपको उपाधि हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साङ्खरिटले जितेकी छिन् ।

miss-world-2
विश्व सुन्दरीको अन्तिम ५ मा हंगेरी, अष्ट्रेलिया, साउथ अफ्रिका, अमेरिका र बेलायतका प्रतिस्पर्धी सुन्दरीहरु पुगेका थिए ।

 
नेपालबाट प्रतिस्पर्धामा भाग लिन पुगेकी मिस नेपाल सुबिन लिम्बु पहिलो चरणबाट नै बाहिरिएकी छिन् । सन् १९५१ पछि दोस्रोे पटक मिस वल्र्ड लण्डनमा भएको हो । दोस्रा चरणमा २५ जना सुन्दरीहरु पुगेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: