Tue. May 21st, 2024

किन्ताङ्ग खोलाको झोलुङ्गे पुल जिर्ण

 

pol

धादिङ – उत्तरी धादिङ्गको दार्खा र मार्पाक गाँउ विकास समितीको किन्ताङ्ग खोलाको झोलुङ्गे पुल जिर्ण भएको बर्षौ वितिसक्दा पनी मर्मत भने अझै हुन सकेको छैन ।

 

पुल मर्मत नभएका कारण मानिसहरु जिर्ण पुबाट जोखिम मोलेर नै आवत जावत गर्न बाध्य बनेका छन् ।

 

धादिङको उत्तरी क्षेत्रमा पर्ने सो पुल भएर पाँच गाँउ विकास समितीका मानिसहरु आवत जावत गर्ने गर्दछन् ।सो पुल नभएको खण्डमा धादिङको र्झालाङ्ग, सेतुङ्ग, तिप्लङ्ग, रि र लापा गाँउ विकास समितीका मानीसहरु सदमुकाम धादिङआउनका लागी नुवाकोट भएर आवत जावत गर्नु पर्ने बाध्यात पर्दछ ।

 

पुलको हिड्ने प्लेटहरु भाँचीएको अवस्थामा छ भने बारहरु समेत भत्किएको छ ।एक पटकमा दुई बा तिन जना भन्दा धेरै हिड्न नमिल्ने भएका कारण पुलमा पालै पालो गरेर आवत जावत गर्ने गरेको छ ।

 

निर्माण गरेको तिस चालीस बर्ष पुरानो सो झोलुङ्गे पुल आजसम्म मर्मत नभएको स्थानीयहरु बताउछन् । पुलको ठण्डीहरु खिया लागेको र कतिपय फलामहरु भाँचिएका छन् भने पुलको बारमा लगाईएका जालीहरु सवै भाँचिन थालेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: