Sat. May 24th, 2025

बाटो हिड्यो सडकभरी मोटर जाम हुन्छ

दिपु के.सी.-

dipu kc

बाटो हिड्यो सडकभरी मोटर जाम हुन्छ ।
डिजेल को डिलरभरी मान्छेको लाम हुन्छ ।

ग्यास सिलिन्डर पाउदैन किन्न यहाँ ।
मान्छेहरु को घरमा काँचो माम हुन्छ ।

देशविकास गर्छु भन्दै हिंडछन् नेताहरु ।
तर तिनीहरुको गोजीमा भेटि अनि खाम हुन्छ ।

गरिब दुखि मरिरहन्छ सधै अनिकालमा ।
व्यापारी अनि भष्टचारी लाई महङीमा दाम हुन्छ ।
ठेगाना :बाग्लुङ नेपाल हाल (दुबई )

About The Author

अन्य समाचारहरु: