Wed. Jul 24th, 2024

अवस्था हेरेर प्राथमिक उपचार पनि गर्छु

धादिङको सुनौला बजारमा जन्मनुभएका भेषराज ठकुरी एम्बुलेन्स चालक हुनुहुन्छ । विगत ५ वर्षदेखि एम्बुलेन्स चालकको रुपमा काम गरिरहनु भएको छ । नेपाल रेडक्रस सोसाइटी धादिङबाट संचालनमा ल्याएको एम्बुलेन्स चलाउदै आउनुभएका ठकुरी स्वास्थ्यकर्मी पनि हुनुहुन्छ । एम्बुलेन्स भित्र अकस्मात रुपमा गर्नुपर्ने प्राथमिक उपचारहरु पनि उहाँले गर्नुहुन्छ । अकस्मात हुने दुर्घटनामा तुरुन्त उपचार नपाउदाँ कतिपयको ज्यान समेत जाने गरेको छ । यसै विषयमा पाविलका सरिता श्रेष्ठले गर्नुभएको कुराकानी

भेषराज ठकुरी  एम्बुलेन्स चालक
भेषराज ठकुरी
एम्बुलेन्स चालक

 

धादिङमा एम्बुलेन्सको अवस्था कस्तो छ ?
धादिङको पृथ्वी राजमार्ग क्षेत्रलाई दुर्घटनाको हिसावमा एकदमै खतरा ठाँउहरु मानिन्छ । प्राय दुर्घटना यसै स्थानमा हुने भएकाले नै हामीमा चुनौति थपिने गर्दछ । एम्बुलेन्स कम मात्रामा भएका कारण भनेको समयमा तुरुन्त प्राप्त गर्न सक्ने अवस्था छैन । कतिपय एम्बुलेन्सहरु पूराना भएकाले पनि अझ जटिल समस्याहरु थपिएको छ ।

 
कस्ता अनुभवहरु संगाल्नुभएको छ ?
वास्तविक रुपमा म एक स्वास्थ्यकर्मी हुँ । जनतालाई स्वास्थ्य क्षेत्रमा बढी चेतना जोगाउन यो सेवा गरिरहेको छु । धादिङ जिल्लाबाट कतिपय डेलिभरी केसहरु रिफर भएर बाटामा पुग्दा बच्चा पाउने गर्छ त्यस्तो अवस्थामा सबैकुरा म आफैले नै ट्रिडमेन्ट गरिदिने गरेको छु । बच्चा जन्मिसकेपछि नाल काट्ने, साल निकाल्ने र सुचर गर्ने लगायतका काम गरिदिन्छु । दुर्घटनाका बिरामीहरुको अवस्था हेरेर प्राथमिक उपचार गराएर अस्पतालमा लैजाने गरेको छु । यस्तो काम गरिरहदा खुसी पनि लाग्छ । एम्बुुलेन्स राम्रो चलाउने मध्येमा म नेपालको तेस्रो स्थानमा पर्दछु ।

 
धादिङमा कतिवटा एम्बुलेन्सहरु संचालनमा रहेको छ ?
धादिङको उत्तरी क्षेत्रको सल्यानटारमा १ वटा, आरुघाटमा १ वटा, सलयनकोटमा १ वटा सञ्चालनमा रहेको छ । त्यस्तै मध्य क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीको १ वटा, जिल्ला अस्पतालको १ वटा, सहिद मेमोरियल अस्पतालको १ वटा, नलाङमा सिद्ध समाजको १ वटा, ज्यामरुङमा ज्यामरुङ उत्थान केन्द्रको १ वटा, मैदी स्वास्थ्य चौकीको १ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेको छ । त्यसैगरी धादिङको दक्षिणी क्षेत्रमा रहेको पृथ्वी राजमार्ग क्षेत्रमा पनि एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ । दक्षिणको नौविसेमा १ वटा, धार्केमा १ वटा, सिम्लेमा १ वटा, गजुरीमा २ वटा, मलेखुमा १ वटा र हाइवे स्पेष्ट क्लब हुदीखोलामा १ वटा गरी विभिन्न जिल्लाभर २२ वटा एम्बुलेन्सहरु सञ्चालनमा रहेको छ ।

 
कस्ता समस्याहरु झेल्नुभएको छ ?
धेरै समस्याहरु बेहोर्नु पर्ने हुन्छ । काठमाडौँ जाँदा जामको समस्याहरु बढी मात्रामा हुन्छ । बिरामीको अवस्था हेरेर एम्बुलेन्स चलाउनु पर्ने हुन्छ । त्यस्तै ग्रामीण क्षेत्रमा साघुरो बाटोका कारण साइड दिने ठाँउको अभाव हुन्छ । जस्तो कि दुर्घटनामा घाइते भएकाहरुलाई लैजादै गर्दा १५÷१६ वर्षका मानिसहरु पनि स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा मृत्युको मुखमा पुग्छन् । रातीको समयमा पन िसुत्न पाइदैन । २४ घण्टा नै सेवा दिनु पर्ने हुन्छ । कतिपयले नराम्रा गालीहरु गर्ने गर्दछ । एम्बुलेन्स चालकलाई जोखिमपूर्ण छ । कहिल्यै सुख छैन ।

 
आफूले गरेको कामप्रति कत्तिको  गर्व लाग्छ ?
वि.सं २०७० साउन ६ गते ढोला गाँउ विकास समितिमा ३ महिनको बच्चालाई आफ्नै आमाले दुवै खुट्टा काटिदिएको थियो । त्यो अवस्थामा मैले बच्चालाई उपचार गराई मृत्युको मुखबाट बचाएकी थिएँ । अहिले त्यो बच्चा टिचिङ अस्पतालको बाल असहायता केन्द्रमा छ । त्यस्तै ग्रामीण क्षेत्रका दलित असहाय, पिछडिएकाहरु बिरामी भएको अवस्थामा औषधी उपचार गर्न समेत पैसा नभएको अवस्थामा सहयोग गरेको छु । यस्ता विभिन्न कार्यहरु गर्दा आफूलाई गर्व लाग्छ ।

 
राजमार्ग क्षेत्रलाई दुर्घटना बढी हुने क्षेत्र मानिन्छ कसरी समायोजन गरिरहनु भएको छ ?
धेरै दुर्घटना वास्तविक रुपमा दक्षिणी क्षेत्रमा हुने गरेको पाइन्छ । खाल्टाखुल्टी, ओभरट्याक र चालकको लापरवाहीले गर्दा राजमार्ग क्षेत्रमा बढी मात्रामा दुर्घटनाको कारण भएको छ ।  अहिले एम्बुलेन्स चलाउने चालकहरुमा पनि धेरै विक्रिती आइरहेको भन्ने सुनिन्छ । अरु अरु अस्पतालहरुबाटठ एम्बुलेन्स ल्याएर राख्ने, दुर्घटना भएको ठाँउबाट बिरामीहरुलाई लिएर आफ्नो प्राइभेट अस्पतालमा लैजाने गरेर घुस लिने प्रवृति रहेको छ । बाहिरबाट आएका एम्बुलेन्सहरुले हामीलाई हेप्ने धरपकट गर्ने पनि गरेका छन् । धादिङ जिल्ला तथा राजमार्ग आसपासका क्षेत्रका एम्बुलेन्सहरुमा चाहिँ हामी एक आपसमा मिलेर काम गरिरहेका छौँ । राजमार्ग क्षेत्रमा दुर्घटना बढी हुने भएकाले ठाँउ ठाँउमा एम्बुलेन्सको व्यवस्था गरेका छौँ ।

 
एम्बुलेन्सलाई विरामी बोक्ने साधन भन्दा पनि विरामी बेच्ने साधनको रुपमा चिनिन्छ नी ?
एम्बुलेन्स भनेको सर्वसाधारण देखि लिएर हरेक क्षेत्रका मानिसहरु चढ्ने साधन हो ।  जहाँ कहि दुर्घटना भयो अथवा अन्य केही भएको अवस्थामा अत्यन्त आवश्यक पर्ने गर्दछ । तर पनि पछिल्लो समय बिरामी बोक्ने एम्बुलेन्समा आएको विकृतिलाई स्वीकार गर्दछु । अहिले बिरामी मात्र होइन रक्त चन्दन देखि महिलाहरु बेच्ने, तस्करी गर्ने जस्ता कार्यहरु गरेको भन्ने सुनिन्छ । बिरामी बोक्ने साधनमा यस्तो कार्य गर्नु उनीहरुको जीवन माथि खेलवाड गर्नु जस्तो लाग्छ । यस्ता कुराहरुलाई सरकारले पनि विशेष कानुन बनाउनु आवश्यक छ ।

(पाविल साप्ताहिकमा प्रकाशित)

About The Author

Loading...

अन्य समाचारहरु: