राजाराम शर्मा
उत्तरी धादिङको दार्खा गाउँ विकास समिति वडा नं. ८ घ्याङ्साङ्मा हुने व्यापारमा पहिलो नम्बरमा चौतारी चुरोट पर्छ रे । दोश्रो नम्बरमा मात्र दैनिक उपभोग्य वस्तु चामल, तेल, नून पर्छ । तेश्रो नम्बरमा चाउचाउ रे । त्यस स्थानमा पाँचओटा किराना पसल छन् । त्यस मध्येका एकजना व्यापारी पालसिंह तामाङ जो ४० वर्षदेखि त्यस क्षेत्रमा व्यवसाय गर्दै आउनु भएको उहाँले मात्रै गत वर्ष एक करोड रुपैयाँ भन्दा बढिको चौतारी चुरोट बिक्रि गर्नुभयो रे । अझ गजवको कुरा त के छ भने चौथो नम्बरमा विक्रि हुने वस्तु रक्सि हो । त्यसमा पनि सोफिको विक्रि अग्रस्थानमा छ जो विक्रिका लागि प्रतिबन्ध समेत छ । स्थानीय भाषामा चेप्टे भनेर कोडन, गिलमेरी लगायतका रक्सिहरु पनि विक्रि हुन्छ ।
यो कुनै सामानको विज्ञापन गर्न वा त्यसको प्रवद्र्धन गर्न लेखिंदै छैन । यसले त केवल त्यस क्षेत्रको खाद्य सुरक्षाको अवस्था मात्र सार्वजनिक गर्न खोजेको हो । पाँचओटा किराना पसलबाट झण्डै चार करोड रुपैयाँको चुरोट, यहि रकमको हाराहारीमा रक्सि र यहि रकमको हाराहारीमा चाउचाउ खाने यहाँका नागरिकको खाद्य सुरक्षाको अवस्था के होला ?
खाद्य सुरक्षाको कुरा गर्दा हामीले जहिले पनि कृषि उत्पादनको विषयलाई लिने ग¥यौं, कृषि उत्पादन नहुँदा नागरिकका खाद्य अधिकार हनन् भयो भन्यौं । तर गहिरेर अध्ययन गर्ने हो भने खाद्य सुरक्षा विग्रनुमा उपभोक्ताको वस्तु यपयोग गर्ने पद्धति पनि कम जिममेवार रहेन छ । त्यतिमात्र होइन कृषि उत्पादनको कुरालाई हेर्नेहो भने अझ कहाली लाग्दो अवस्था पाउन सकिन्छ ।
दार्खाको घ्याङ्साङ् धादिङका छ ओटा गाउँ विकास समितिको नाकाको रुपमा रहेको छ । यहाँबाट दार्खा, रि, झार्लाङ, सेर्तुङ, लापा र तिप्लिङमा दैनिक यपभोग्य वस्तुहरु विक्रि गरिन्छ । त्यसैगरी, हार्डवेयर र अन्य उपभोग्य सामाग्रिहरु पनि विक्रि गरिन्छ । तर यहाँ ती सामाग्रि खरिद गर्ने स्थानीय किसानहरुको आम्दानीको श्रोत भनेको बैदेसिक रोजगार हो । कृषि वस्तु उत्पादनले न्यून स्थान ओगटेको छ । झार्लाङ, सेर्तुङ र तिप्लिङमा आलु उत्पादन हुन्छ । तर यसको उपयोग गर्न नजान्दा खाद्यसुरक्षामा समस्या आएको छ । आधुनिक खेती प्रणाली र बजार प्रवद्र्धनमा देखिएको समस्याका कारण यस्तो अवस्था सिर्जना भएको हो ।
यस्तैगरी त्यस क्षेत्रमा मकै, कोदो, भटमास लगायत कृषि उपजहरु पनि उत्पादन हुन्छन् । मकै त खच्चरको दाना मात्र हुने गरेको छ । किन कि घ्याङ्साङ्देखि माथितिर सामान ढुवानी गर्ने साधन खच्चर नै हो । किसानहरु आफू दुःख गरेर यति धेरै प्रोटिन, कार्बोहाइड्रेड भएका कृषि उपज उत्पादन गर्छन् तर ती खच्चरको आहारा बनाउँछन् र बजारमा गएर भारत र तराईबाट ल्याइएका चामल किनेर खान्छन् । ११ वर्षदेखि त्यस क्षेत्रमा व्यसाय गर्दै आएका स्थानीय व्यापारी इश्वर श्रेष्ठका अनुसार घ्याङ्साङ्मा एउटा पसलमा दैनिक ३० बोराको अनुपातमा चामल विक्रि हुन्छ । यसमा पनि दार्खाका किसानहरु सोना मन्सुली चामल किनेर खान्छन् भने झार्लाङ, सेर्तुङ, तिप्लिङका किसानहरु मोटा चामल खान्छन् । चामलै मात्र किनेर खाँदा त वस्तु परिवर्तन मात्र हुने थियो तर यसको सट्टामा चाउचाउ, सोफि, चेप्टे खान्छन् अनि कहाँ हुन्छ खाद्य सुरक्षा ?
यस्तै यसमा खाद्यवस्तुको मूल्यको कुरा पनि छ । धादिङको सदरमुकाम धादिङबेसीबाट घ्याङ्साङ्सम्मको करिव ३७ किलोमिटर कहालीलाग्दो मोटर बाटोको कारण यहाँ सामान ढुवानी महंगो छ । ३७ किलोमिटर मोटरबाटोमा सामान ढुवानी प्रति किलोग्राम ४–५ रुपैयाँ छ अहिले हिउँदको समयमा । वर्षाको समयमा त त्रिपुरेश्वरको खहरेसम्ममै सामान ढुवानी प्रति किलोग्राम ४–५ रुपैयाँ पर्छ र त्यहाँदेखि घ्याङ्साङ्सम्म खच्चरबाट ढुवानी गर्दा प्रति किलोग्राम ९–११ रुपैयाँ खर्च लाग्छ । यसरी हेर्दा घ्याङ्साङ्सम्म ढुवानी खर्च प्रति किलोग्राम १३–१६ रुपैयाँपर्न जान्छ । अनि त धादिङबेसीमा बस्नेले भन्दा हरेक वस्तु प्रति किलो १३–१६ रुपैयाँ पर्छ र यसमा पनि स्थानीय व्यापारीले लिने नाफा प्रतिशत त छुट्टै छ ।
यो त भयो धादिङबेसी र घ्याङ्साङको मुल्य । यसभन्दा माथिको अवस्था झन् फरक छ । घ्याङ्साङबाट झार्लाङसम्म १० रुपैयाँ, सेर्तुङको बोराङसम्म १२ रुपैयाँ, सेर्तुङ ठूलोगाउँसम्म १४ रुपैयाँ, तिप्लिङसम्म १७ रुपैयाँ, लापासम्म १५ रुपैयाँ र रिसम्म ४–८ रुपैयाँसम्म खच्चरबाट ढुवानी खर्च लाग्दछ । यसमा धादिङबेसी, घ्याङ्साङ् र तिप्लिङका व्यापारीको मुनाफा प्रतिशत छोडेर पनि तिप्लिङसम्म पुग्दा धादिङबेसीमा सामाग्रीको मूल्य भन्दा प्रति किलो ३० रुपैयाँभन्दा बढि हुन जान्छ । तिप्लिङका नागरिकले एक पाकेट आयो नून ६५ रुपैयाँमा किन्नुपर्ने अवस्था छ । धादिङबेसीमा भन्दा झण्डै तेब्बर मूल्य चामलको पर्छ । उत्पादन छैन, आम्दानी छैन तर मूल्यभने आकाश छुने व्यहोर्नु त्यहाँका नागरिकको नियति नै बनेको छ ।
ढुवानीको मूल्यको कुरा गर्दा यति भेरै ढुवानी खर्च लाग्ने देन्छि तर सामान ढुवानी गर्नेहरुको पीडा छुट्टै सुन्न पाइन्छ र यथार्थ त्यो हो पनि । स्वराज गाडीबाट सामान ढुवानी गर्दा प्रति किलो चार रुपैयाँ परेपनि बाटोको अवस्थाका कारण त्यो अति कम भएको गाडी चालक र गाडी धनी बताउँछन् । सामान बोकेर ३७ किलोमिटर पार गर्न उनीहरुलाई झण्डै सात घण्टा लाग्छ रे । ग्रिड नमिलेको उकालो, साँघुरो, अनगिन्ति खाल्डाहरु, बिचबिचका ठूला–ठूला ढुंगा जसका कारण दैनिक गाडी मर्मत गर्नुपर्ने वाध्यता रहेको उनीहरु बताउँछन् । बाटोका कारण कहिलेकाहीं त त्यति बाटो पार गर्न दुई÷तीनदिन लाग्ने उनहरु गुनासो गर्छन् ।
सामान ढुवानीको कात्र कुरा हो र ? यात्रु बोक्ने साना जीपहरुले त्यति बाटोमा एकतर्फि चारसय पचास रुपैयाँ लिन्छन् र पनि बमाइ नहुने उनीहरु बताउँछन् । उता खच्चर धनी र गोठालाको समस्या अर्कै छ । एयटा खच्चरको खरिद मूल्य ६० हजारदेखि एकलाखसम्म पर्छ । दैनिक यसका लागि दानाको व्यवस्था गर्नु र विभिन्न कारणले खच्चर मर्ने गर्दा कमाइ नहुने पीडा उनीहरु पोख्छन् । यति धेरै लगानी गर्नुपर्ने, दैनिक राती दुइबजेदेखि बेलुकि आठबजेसम्म खच्चरको पछि लाग्नुपर्ने र भारी मिलाउनु पर्ने कामले अहिले लिइरहेको ज्याला पनि कम भएको उनीहरु बताउँछन् । गाडी धनी, चालक र खच्चर धनी चालकका कुरालाई विचार गर्ने हो भने त दैनिक यपभोग्य वस्तुको मूल्य कतिहुन जान्छ जान्छ ।
उत्तरी धादिङको खाद्य आपूर्ति व्यवस्था सहज बनाउन अहिलेको अवस्थाको बाटोमा व्यापक सुधार ल्याउनु पर्ने देखिन्छ । अहिलेसम्म यस बाटोमा ठूलो लगानी भैसकेको छ तर बाटोको अवस्था भने अत्यन्त दयनिय नै छ । यात्रुमात्र बोक्ने जीपले पनि ३७ किलोमिटर बाटो पार गर्न पाँचघण्टा भन्दा बढि लाग्छ । बाटोमा उँड्ने धुलो, खाल्डाखुल्डि र ढुंगामा ठाक्किदा यात्रु र सवारी साधन दुबै मर्कामा परिरहेका छन् । बाटोमा लगानी भएको रकम सदुपयोग हुन नसकेकामा त्यस क्षेत्रका नागरिकहरु दुःखी पनि भएका छन् । घ्याङ्साङ्का व्यापारी पालसिंह त सुनैकै कुरा सहि हो भने अहिलेसम्म भएको लगानी सदुपयोग भएको थियो भने घ्याङ्साङ्सम्म पीच भै सक्नुपर्ने बताउँछन् । पीच त के बाटोको अवस्था हेर्दा पुरानो घाडेटो बाटोमा मोटर गुडाएजस्तो मात्र देखिन्छ ।
यी सबै विषयहरुलाई सम्बोधन गर्ने हो भने र उत्तरी धादिङका नागरिकको खाद्य सुरक्षासंगै अन्य जीविकोपार्जनको कुरा गर्ने हो भने धेरै काम गर्न जरुरी छ । पहिलो कुरा त धादिङबेसी–सांकोष–तिप्लिङ सडकको स्तर उन्नत्ति अति जरुरी छ । कतिपय स्थानमा बाटोको ट्र्याक नै परिवर्तन गर्न जरुरी छ । कतिपय स्थानमा त स्थानीय ठूलाठालुको दवावमा मोटर उक्लनै नसक्ने गरी बाटो खनिएको यात्रुहरु गुनासो गर्छन् । यसमा सहजता ल्याउन जरुरी छ ।
त्यस्तै त्यस क्षेत्रका किसानहरुको आयश्रोतमा वृद्धि गर्ने योजनाहरु सञ्चालन गर्न त्यत्तिकै आवश्यक छ । उत्पादित वस्तुहरुको बजार प्रवद्र्धनसंगै खाद्यान्न उपभोग गर्ने तरिकामा परिवर्तन ल्याउनु पनि त्यत्तिकै आवश्यक छ । त्यत्रो परिमाणको चुरोट, चाउचाउ, सोफि र चेप्टे खाने पद्धतिको अन्त्य गर्नुपर्छ । त्यहाँका नागरिकले उपभोग गर्ने दैनिक उपभोग्य वस्तु खरिदमा छुट र ढुवानीमा राज्यले सहयोग गर्नुपर्ने देखिन्छ । यसका लागि सबै सरोकारवालाहरु मिलेर दीर्घकालिन खाद्यान्न आपूर्ति व्यवस्था मिलाउन जरुरी छ ।