सुरेश अर्याल –
काम धेरै बोली मेरो कम हुनेछ
अनि मात्र व्यक्तित्वमा दम हुनेछ
थाहा छ सबै पाइला उस्तै हुँदैन
यात्रा न हो खुशी कहिल्यै गम हुनेछ
नदुख्नु, नहट्नु ,नछोड्नु मेरो साथ
मित्र आफन्तको प्यार हर्दम् हुनेछ
काडाँको बिचमा फुल्नेछु कुनैदिन
फूलकै थुङा पड्किने बम हुनेछ
लेख्छु लेखेरै समाज बदल्नेछु म
तरवार भन्दा कलम बलियो हुनेछ
(नलाङ – ३ काम्दी, धादिङ )