Tue. May 21st, 2024

महोत्सवको ९० प्रतिशत तयारी सकियो

ogo

धादिङ – मध्यमाञ्चल क्षेत्रिय मेला तथा चौंथो धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

पुष ७ गतेदेखि धादिङबेसीमा सुरु हुने महोत्सवको ९० प्रतिशत तयारी सकिएको आयोजक सस्था धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।

अहिले महोत्सवमा प्रयोग गरिने स्वागत गेट र महोत्सव स्थल वरपर छेकबारको काम भईरहेको धादिङ उद्योग वाणिज्य संघका प्रशासकिय अधिकृत रोहित भडारीले जानकारी दिनुभयो ।

महोत्सवमा १ सय ५० ओटा स्टलहरु मध्ये १ सय ३७ ओटा स्टलहरु बुकिङ भईसकेको पनि उहाँले बताउनुभयो । महोत्सवमा विभिन्न सामुदायिक वनमा संरक्षण गरेर राखिएको वन्यजन्तु एवंम पशुपंक्षी प्रर्दशनीका लागी राखिने भण्डारीले बताउनुभयो ।

साथै महोत्सवमा कृषि, औद्योगिक वस्तुहरुको प्रर्दशनी सँगै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको दैनिक मनोरञ्जनात्मक कार्यक्रम रहने पनि महोत्सव व्यवस्थापन समितिले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: