४ बैशाख, धादिङ – अपाङ्ग जागरण संस्था मैदि धादिङको भवन शिलान्यास गरिएको छ ।
जिल्ला विकास समितिको कार्यलय धादिङबाट प्राप्त ३ लाख र गाविसबाट प्राप्त ९५ हजार गरी ३ लाख ९५ हजारको लागत भवन निर्माण हुन लागेको हो ।
शुक्रबार धार्मिक विधिविधान अनुसार पण्डित रुद्रप्रसाद भट्टले मन्त्र उच्चारण गरेर भवनको शिलान्यास गरे । अपाङ्ग जागरण संस्था मैदीका अध्यक्ष ईश्वरी प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको भवन शिलान्यास कार्यक्रममा अपाङ केन्द्रिय महासंघका अध्यक्ष सुर्दशन सुवेदीको प्रमुख आतिथ्य रहेको थियो ।
भवन नहुदाँ अपांग भएका व्यक्तिहरुलाई दैनिक कार्य गर्न र कार्यलय आवातजावतमा समस्या भएको थियो । भवन बनिसकेपछि यसले ठूलो टेवा पुग्ने बताइएको छ ।