साल फेरिएर के भो हाल उस्तै छ
कछुवाको जस्तो मेरो चाल उस्तै छ
आँसुले जित्यो आखिर सँधैभरी नै
रुने हाँस्ने जिन्दगीको सवाल उस्तै छ
फेरिए मान्छे अचेल जमाना फेरिए
सुकेन कैले आँसुको ताल उस्तै छ
दिन ढलेको छ आज उमेर गुमेको छ
तर किन जवानिको छाल उस्तै छ
रस्मी भण्डारी (गोमा)