Tue. May 20th, 2025

डढेलोको चपेटामा धादिङका सामुदायिक वन

banma-dadalo

७ बैशाख, धादिङ – गर्मी सुरु भएसँगै सामुदायिक वनहरुमा डढेलो लाग्न थालेको छ । गर्मी मौसममा वनमा रहेका बोट विरुवाहरुको पात सुक्ने भएका कारण पनि बढी मात्रामा आगलागी हुने गर्दछ ।

सबैभन्दा बढी सामुदायिक वन रहेको जिल्ला भनेर चिनिएको धादिङका वनहरुमा गत वर्षहरुको तुलनामा यस वर्ष धेरै ठाउँमा डढेलो लागेको छ । धादिङ जिल्लाका धेरै सामुदायिक बनहरुमा गर्मी मौसमको सुरुवातसंगै डढेलोको चपेटामा परेका हुन ।

धादिङ जिल्लालाई डडेलो मुक्त जिल्ला बनाउने भनेर वन र वातावरणको क्षेत्रमा काम गर्दे आएका संघसस्थाहरुले सुरु गरेको अभियान पनि वन डढेलो लागेसंगै असफल हुने देखिएको छ । गर्र्मी मौसमको सुरुवातसंगै अहिले लागेको डढेलोका कारण डढेलो मुक्त बनाउने अभियानमा थप चुनौती थपिएको छ ।

जिल्ला वन कार्यलय धादिङले हरेक वर्ष गर्मी याम लाग्ने वित्तिकै डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु र सुचनाहरुको माध्यमबाट प्रचार–प्रसार गरेपनि त्यसले कुनै प्रभाव पारेको छैन । दैनिक जसो धादिङका समुदायिक वनहरुमा आगोलागी भई रहदाँ समेत जिल्ला वन कार्यलय धादिङले डढेलो नियन्त्रणका लागि प्रचारप्रसार बाहेक कुनै पहल कदमी गर्न सकेको छैन ।

डढेलो नियन्त्रणका लागि भनेर आएका स्रोत साधनहरु सामुदायिक बनहरुलाइ नै बाँडिदिएको जिल्ला बन कार्यलय धादिङका सहायक बन अधिकृत सुदीप छत्कुलीले जानकारी दिए । यदि वनमा डढेलो लागि हाले स्थानीयले तत्कालै आगोलाई नियन्त्रणमा ल्याउन सक्दछ ।

गाई बस्तु चराउन जाने गोठाला लगायत अन्य पशुपालन गर्ने मानिसहरुले घाँसहरु पलाउने भन्दै जंगलमा लगाएका आगोका कारण जंगल नै सखाप हुने गरी आगोलागी हुने गर्दछ । तर स्थानिय किसानहरु भने जंगलको आगलागीका कारण तत्कालका लागि घाँस दाउरा असहज हुनुको साथै त्यसले वाताबरणमा समेत प्रतिकुल प्रभाव पर्ने बताउछन् । धादिङमा भने विगत केही वर्षदखि लगातार जंगलमा लागेको भयानक डढेलोका कारण जंगलमा पाईने धेरै जसो बहुमुल्य र महत्वपुर्ण जडिबुटिहरु समेत लोप भई सकेको वन क्षेत्रमा कार्यरत विज्ञहरुको  भनाई छ । यसै गरी चराचुरुङ्गीको बासस्थान खतरामा पर्नुका साथै जंगलमा पाईने घस्रेर हिड्ने जीवजन्तुहरुको अस्तित्व समेत संकटमा परेको छ ।

डढेलो लागेको सामुदयिक बनहरुमा निभाउनको लागि प्रहरीमा जनशक्तिहरु माग्न पनि पनि फोन आउने गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । आजकाल एकै दिनमा धादिङका विभिन्न १४ वटा सामुदायिक बनहरुमा डढेलो लागेको जानकारी आएको प्रहरीले जनाएको छ । अहिले धादिङको कुम्पुर, गजुरी, सलाङ, सल्यानकोट, मैदी लगायतका ठुला सामुदायिक बनहरु डढेलो लागेको छ भने  जिल्लाका कतिपय सामुदायिक बनहरुमा डढेलो लागिरहेका छन् ।

About The Author

अन्य समाचारहरु: