Sat. May 24th, 2025

भूकम्पपीडितका घर बनाउने मजदुरको मृत्यु

 ७ बैशाख, तनहुँ – तनहुँको बन्दीपुर नगरपालिका–९ मा फाउन्डेसन कम्पनीमार्फत भूकम्पपीडितका लागि घर बनाउन बसेका एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर पञ्चवली–९ घर भएका ३६ वर्षीय बलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

काम गर्दागर्दै एक्कासि बेहोस भएका थापाको उपचारका लागि दमौली अस्पताल पुर्याउनासाथ अस्पतालले मृत घोषणा गरेको थियो।

मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: