१३ वैशाख, काठमाडौं – सेनाको हेलिकप्टरबाट आइतबार बिहान ११ वने बारपाक ओर्लिएकी राष्ट्रपति विद्यादेवी भण्डरीलाई स्थानियले भव्य स्वागत गरेका थिए ।
हिमालय उमावि मास्तिरको फुटबल मैदानमा बनाइएको हेलिप्याडबाट मञ्चसम्म आउने क्रममा स्थानियले फूलमालासहित उनको स्वागत गरेका छन्।
मञ्चमा करिब पाँच मिनेट बिताएकी उनले बारपाक ४ का भूकम्पपीडित गोपाल विकको घर पुननिर्माणको शुभारम्भ गरिन् ।
तर, राष्ट्रपति भण्डारीले बारपाकीलाई सम्बोधन गरिनन् । राष्ट्रपतिले केही पनि नबोलेपछि बारपाकी आक्रोशित भएका छन् ।
सान्त्वनासहितको पुननिर्माणका केही गतिविधि र आश्वासनसहित सम्बोधन हुने अपेक्षा रहे पनि राष्ट्रपतिबाट सम्बोधन नभएपछि बारपाकी आक्रोशित भए । नयाँ पत्रिकाबाट