Sun. Sep 8th, 2024

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय मूल्यमा समायोजन गर्दै पेट्रोलियम पदार्थको मूल्य शुक्रबार दिउँसो ३ बजेबाट लागू हुने गरी घटाइएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ घटाएको छ । अब एक लिटर पेट्रोलको ११६ रुपैयाँ पर्नेछ । त्यसैगरी डिजेलको मूल्यमा प्रतिलिटर साढे ५ रुपैयाँ घटाइएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अन्नपूर्ण पोष्टलाई बताए ।

त्यसैगरी डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर साढे ५ रुपैयाँ घटाइएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अन्नपूर्ण पोष्टलाई बताए । अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पर्नेछ ।

आयल निगमले डोमेस्टिक हवाई इन्धनको मूल्य पनि १० रुपैयाँ घटाएको छ । अब एक लिटर हवाई इन्धनको मूल्य १३३ रुपैयाँ पर्ने प्रवक्ता घिमिरेले बताए । असोज १३ बाट लागू भएको स्वाचालित मूल्य प्रणाली कार्यविधि अनुसार निगमले भाडा समायोजन गरेको यो छैटौं पटक हो ।

अन्तर्राष्ट्रिय मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै विद्यार्थी र सर्वसाधरणले पटक पटक सरकारको ध्यानाकर्षण गर्दै आएका थिए ।
( अन्नपूर्ण अनलाइनबाट )

About The Author

अन्य समाचारहरु: